काठमाण्डौँ । बाँकी रहेका चिनी मिल सञ्चालकलाई माघ पहिलो सातासम्म उखु किसानलाई सबै पैसा तिर्न सरकारले निर्देशन दिएको छ।
बुधबार मन्त्रालयले उखु किसानसँग गरेको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिइएको बताएका हुन्।
सरकारको निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि किसानसँग मन्त्री भट्टले व्यक्त गरेका छन्। मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत रकम तिर्न भनिएको पनि उनले जानकारी दिए।
आफ्नो प्रतिकृया दिनुहोस्