काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाको आजको बैठकबाट नै सभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
सत्तारूढ दल नेकपाले लामो रस्साकस्सीबीच स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सचिवालयले सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची लागि तय भएको छ । प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले सापकोटा सभामुख बन्ने निश्चित छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान छ । नेकपाले आइतबार सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यो सँगै नेकपाबाट नै उपसभामुख बनेकी उपसभामुख बनेकी शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने अवस्था आएको छ ।
यद्यपि उनले राजीनामा दिनेबारे अहिलेसम्म स्पष्ट भएको छैन । शिवमायाले उपसभामुखबाट राजीनामा दिएमा संसद सचिवालयले एकसाथ निर्वाचन प्रक्रिया सुरु गर्नेछ ।
आफ्नो प्रतिकृया दिनुहोस्