कास्की । गण्डकी प्रदेशकै ठूलो पृथ्वीनारायण ९पीएन० क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुको संघठनले कार्यरत शिक्षकलाई करार सेवामा नियुक्त गर्न क्याम्पस प्रमुख डा।चन्द्रबहादुर थापाले आवस्यक कदम नचालेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।
विभिन्न माग राखी गत २९ पुसदेखि आन्दोलनरत संघले आंशिक प्राध्यापकहरुको समस्यालाई समाधान गर्न क्याम्पस प्रशासनले कुनै ठोस कदम नचालेका कारण तालाबन्दी गर्नुपरेको जनाएको छ ।
संघले यसअघि सहायक क्याम्पस प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरी ज्ञापनपत्र पेश गरेको स्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्