कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन् ।
दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको हो। श्रेष्ठले १५ महिना अघि भारतीय नागरिक बिक्की अग्रवालसँग विवाह गरेको प्रहरीले जनाएको छ ।
शव फेला परेपछि अनुसन्धान सुरु गरेको र उनका श्रीमानलाई पनि सोधपुछ गरिरहेको जिल्लाप्रहरी कर्यालय कैलालीले जनाएको छ ।
यस अघि पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारा नगरमा डेरागरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की २० वर्षीया सुनम ऐर मृत अवस्थामा भेटिएकी थिइन् ।
आफ्नो प्रतिकृया दिनुहोस्