काठमाडौं । नयाँ दिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको हो ।
१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्यो ।
आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ ।
राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो । सामूहिक बलात्कारमा परेकी निर्भयाको केही दिनपछि मृत्यु भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्