बीबीसी एजेन्सी । पाकिस्तानका पुर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्ध भएको छ ।
पाकिस्तानको लाहोर उच्च अदालतले कानुनी प्रकृया असंवैधानिक भएको भन्दै मुशर्रफको मृत्यु दण्डको सजाय उल्टाएको हो ।
देशद्रोहको मुद्धा खेपिरहेका मुशर्रफलाई उच्च अदालतको यो आदेशले केही राहत मिलेको छ । मुशर्रफमाथि उच्च अदालतले गरेको आदेश नै अन्तिम आदेश भने होइन । बीबीसीका अनुसार मुशर्रफमाथि अर्को अदालतले पुन आदेश गर्न सक्ने जनाएको छ ।
उच्च अदालतको आदेश सँगै जनरल मुशर्रफ अब सामान्य नागरिक भएको एक अभियोजनकर्ताले बताएका छन् ।
यसअघि पाकिस्तानी विशेष अदालतले मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई यहि माघ ८ गते मृत्युदण्ड दिने घोषणा समेत भएको थियो । त्यतिमात्र होइन मृत्युदण्ड अगाडी नै निधन भएको खण्डमा उनको मृत शरिरलाई समेत तीन दिन सम्म शहरको चोकमा झुण्ड्याउन समेत अदालतले आदेश गरेको थियो ।
मुशर्रफमाथि सन् २०१३ देखि देशद्रोहको मुद्धा चलिरहेको छ । सन् २००७ मा मुशर्रफले आफ्नो कार्यकाल लम्ब्याउने उद्धेश्यले देशमा संकटकाल घोषणा गरेका थिए । सन् २०१६ मा मुशर्रफलाई पाकिस्तानी अदालतले देश छोड्न निर्देशन दिएको थियो । त्यसयता उनि दुबईमा बस्दै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्