पर्सा । प्रहरीले आफनै १५ वर्षीय छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका(९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको जिल्ला प्रहरी कार्यालाय पर्साले जनाएको छ ।
घरदेखि करिब २ किलोमिटर उत्तरतर्फ रहेको खोला नजिकै जलाएर शव गाडेको छ भन्ने सूचनाको आधारमा प्रहरीले जलेको अवस्थामा पुनिताको शरीरको आंशिक भाग मात्र फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्