काठमाडौं । सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लामा मारिएका बंगलादेशका नागरिक मोहिद्दिन अहमदको हत्यामा संलग्न उनकै साथी नौं दिनपछि भारत भाग्दै गर्दा काँकडभिट्टा नाकाबाट पक्राउ परेका छन् ।
काठमाडौं क्यासिनाको नियमित ग्राहक ४५ वर्षीया मोहिद्दिन अमहदको गत माघ ७ गते मृत्यु भएको थियो ।
महनगरीय प्रहरी परिसरबाट खटिएको टोलीले दुल्लामिँया नाम गरेका अहमदका साथीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
बुधबार राति झापाको काँकडभिट्टा नाका हुँदै भारत जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्