गुल्मी । इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् ।
७६ वर्षीया कौशिला विकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासूको हत्या गरेको भनाइ छ ।
पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारका लागि गुल्मी अस्पताल पुर्याएका थिए ।
गम्भीर घाइते भएकी कौशिलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको यही पुस १९ गते मृत्यु भयो ।
मृतक कौशिलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासूसँगै बस्दै आएकी थिइन् । घटना हुने बेला मृतक कौशिलाका श्रीमान भने मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्