अमेरिकी सैन्य कारवाहीमा आफ्नो सेना प्रमुख कस्सिम सोलेमानीको मृत्यु भएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमरिकासँग बदला लिने चेतावनी दिएका छन्।
सोलेमानीको हत्या भएको प्रति आक्रोशित हुँदै नेता खामेनीले अमेरिकालाई अपराधीको संज्ञा दिए।
सबै मित्रहरु र दुश्मनहरुलाइ थाहा नै छ की प्रतिरोधको बाटो जारी नै रहने छ। यो मुजाहिद्दीनका लागि जित हुने छुु उनले भने।
“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै खामेनीले सेना प्रमुख सोलेमानीको रगत मानव जातिकै सबैभन्दा भ्रष्ट व्यक्तिको हातमा बगाइएको” तर्क समेत गरे।
सेना प्रमुख मारिएपछि इरानले औपचरिक रुपमा दिएको यो पहिलो प्रतिक्रिया हो। इरानका परराष्ट्रमन्त्री जावद जरीफले अमेरिकाको यो आक्रमणलाइ अन्तराष्ट्रिय आतंकवादको संज्ञा दिएका छन्।
ट्वीट गर्दै जरीफले अमेरिका जेखिम लिनका लागि जिम्मेवारी लिन चेतावनी समेत दिएका छन्।इराकको राजधानी बगदादस्थित विमानस्थलमा भएको रकेट आक्रमणमा इरानी सेनाका जनरल कस्सिम सोलेमानीको आज विहान मृत्यु भएको हो।
इरानी सुरक्षा अधिकारीहरुका अनुसार आक्रमणमा पपुलर मोबिलाइजेसन फोर्सका सहायक कमान्डर अबु महदी अल मुहानदिश, विमानस्थलका प्रोटोकल अफिसर मोहम्मद रेडन लगायतको मृत्यु भएको थियो।
डिसेम्बर २७ मा इरानको समर्थन रहेको समूहको आक्रमणमा अमेरिका ठेकेदारको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले डिसेम्बर २९ मा इराक र सिरियामा आक्रमण गरेको थियो।
बिहिवार भने बग्दादस्थित अमेरिकी दूतावासमा नै लडाकू समूहले आक्रमण गरेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सेना प्रमुखमाथि एयर स्ट्राइक गरिएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्