एजेन्सी । इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।
आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा मारिएपछि आक्रोशित इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब २ करोड रुपैयाँ तोकेको हो ।
इरानको नयाँ घोषणाले दुई देशबीचको तनाव झन् चुलिने अनुमान गरिएको छ । ट्रम्पले इरानले हमला गरेमा ध्वस्त पारिदिने धम्की दिएका छन् ।
इरानी सेनाका जनरल कासिम सुलेमानीको अन्तिम संस्कारका क्रममा एक संस्थाले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर तोकेको हो ।
यो रकम जम्मा गर्नका लागि सो संस्थाले सबै इरानी नागरिकलाई एक डलर दान गर्न अपिलसमेत गरेको छ । इरानको मसादमा उनको अन्तिम संस्कार गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्