काठमाडौँ। केहिसमय अगाडिमात्र महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले आफ्ना सबै मातहतलाई बोलाएर बर्दीमा दाग लाग्ने कुनै पनि काम नगर्नु भन्ने निर्देशन दिएका थिए। नेपाल प्रहरीकै भावी आईजीकै रुपमा हेरिएका डिआईजी पोखरेलले बारम्बार ब्रिफिङ्गमा कसैको पनि चिया समेत नखानु भन्ने निर्देशन पटक पटक दोहोराउँदै आएका छन्। तर महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक उज्जल सिंह पटक पटक त्यहि बर्दीमा दाग लाग्ने काम गर्दै छन्। आफु हाकिम सँग नजिक हुन आफ्नै सहकर्मीको कुरा लगाउँदै आएका सिंह दरबारमार्गका केहि क्लब र रेष्टुरेन्ट सँग मासिक असुलिने गर्दै आएको हाम्रो स्रोतले जनाएको छ।
गत मंसिर २३ गते भिम लामाले संचालन गर्दै आएको कोएला डान्स बारमा एक भारतिय नगारिक लुटिएका थिए। भारत घर भई दरबारमार्गको होटल अन्नपुर्णमा काम गर्दै आएका प्रशान्त झा लतिस भन्ने बिचौलिया मार्फत उक्त बारमा गएका थिए। त्यहाँ उनि भर्खर भारतबाट आएको भन्ने सोचेर उनको साथमा रहेको २ लाख रुपैयाँ लुटिएको थियो। आफु लुटिएको कुरा उनले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक उज्जल सिंहले प्रहरी जवान नारायणलाई पठाएका थिए। वृत्त दरबारमार्गमै कार्यरत एक प्रहरी जवानका अनुसार लुटपाट जस्तो संबेदनशील घटनालाई उनले हल्का रुपमा लिएका थिए।”कोहि छन् भने लिगेर आउनु नभए भोलि बिहान १० बजे बोलाउनु। ” भन्दै प्रहरी जवान नारायणलाई उत्तरढोका स्थित डान्स बारमा पठाएका थिए।
डान्स बार संचालक सँग नियमित उठबस रहँदै आएका सिंहले आफुले प्रशान्त झा लाई २ लाख दिलाइदिने भन्दै मौखिक जिम्मा लिएर सो केस बाहिरनै मिलाएका थिए। उनले सो घटनाको आफ्नो हाकिमलाई समेत जाहेर नगरेको प्रहरी स्रोतले जनाएको छ। त्यसको केहिदिन पछि उनले झालाई एक लाख दिएर एकलाख आफुले लिन खोजेपछि यो घटना भारतीय दूतावास सम्म पुगेको छ।
गत राति दरबारमार्गकै एक क्लबमा ७,८ जनाको समुहमा आएका टोले गुण्डाको समुहले ले उठेको ४०००० हजारको बिल तिर्ने बिषयमा विवाद गरेको थियो। सो समुहले क्लब तोडफोड गर्ने धम्कि दिएपछि क्लब संचालकले सिआरभी भ्यान बोलाएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएर पठाएको थिए। तर तिनै बदनाम निरीक्षक उज्जल सिंहले झगडा भएको छैन हामीले कसैको ठेक्का लिगेका छैनौ भन्दै टोले गुण्डाको समुहलाई भगाएको वृत्त दरबारमार्गमा कार्यरत एक प्रहरी हवल्दारले बताएका छन्। उनले गत राति पनि आर्थिक लाभ लिएर सो टोले गुण्डाको समूहलाई भगाएको हुनसक्ने आशंका गरिएको छ।
यस बिषयमा बुझ्न उनलाई सम्पर्क गर्दा उनले फोन काटेका छन्।
उनका बाबु पनि प्रहरीमै रहदा नक्कली सर्टिफिकेट काण्डमा परेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्