काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ७२ औं भारतीय सेना दिवसको अवसरमा एक कार्यक्रमको आजोजना गरेको छ ।
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत डा। अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताए ।
उनले दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरे ।
उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रधानसेनापति थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल–भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरण रहेको बताए ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्