काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वर्षको शुभकामनासँगै एउटा रोचक प्रस्ताव पनि गरेका छन् । नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउनुपर्ने उनको मत छ ।
ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको इस्वी संवतलाई प्रशासनिकरआर्थिक क्यालेन्डर बनाउँ । नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष, इत्यादी सम्धीका गफ मात्रै होलान् है ।’
साथै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।
यसो गरे कसो होला ? भन्दै उनले ‘नेपालमै जन्मेको नेपाल सम्वत तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्वतई सांस्कृतिक क्यालेन्डर बनाउन’ प्रस्ताव गरेका छन् ।
अर्को एक ट्विटमा डा। भट्टराईले एक्काइसौं शताब्दीको तेस्रो दशकले पूँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प दिने तथा ट्रम्प र ओलीहरुको श्रेष्ठतर नेतृत्वको विकल्प देओस’ भन्ने कामनासमेत गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्