जनकपुरधाम । क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए ।
धनुषाको मिथिला नगरपालिका(५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।
महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्