काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध हिरा र सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परे ।
मलेसियाबाट आएका भारतीय नागरिक महोम्मद माहिन साथलि र सारजाबाट आएका कोट्ककुथ नौसादलाई पक्राउ गरेको हो ।
भन्सार एरिया पास गरेर बाहिरिएका साथलिमाथि काठमाडौं मेडिकल कलेज पुर्याएर चेकजाँच गर्दा उनको पेटमा २०० ग्राम हिरा भेटिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।
विशेष सूचनाको आधारमा महाशाखा र विमानस्थलको प्रहरी टोलीले संयुक्त रुपमा साथलीमाथि अनुसन्धान गरेको थियो । त्यस्तै सारजाबाट आएका नौसादको साथबाट ५०० ग्राम सुन बरामद गरेको हो ।
यसअघि विहिबार भारतीय नागरिकहरु नविन गोपी चन्द र भरत सुरेशलाल २ किलो सुन सहित पक्राउ परेका थिए । त्यस्तै १५ गते मंगलबार पनि आधा किलो सुनसहित भारतीय नागरिक हरिराम नेपाली पक्राउ परेका थिए ।उनीहरु तीनै जनाले मलद्धारमा सुन लुकाएर ल्याएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्