काठमाडौँ । ढोला मण्डली दर्शन गरेर फर्किएको आइचर ट्रक धादिङको निलकण्ठ नगरपालिका–८ ज्यामिरेमा दुर्घटना भई मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मंगलबार सदरमुकाम धादिङतर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना हृुँदा ६ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । एक जनाको भने उपचारको क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो ।
जिल्ला अस्पताल धादिङले सार्वजनिक गरेको सुचना अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा २५ बर्षीय बिदुर गुरुङ, ३८ बर्षीय धोज बहादुर गुरुङ, २८ बर्षका तिलक गुरुङ, ३४ बर्षीय प्रेम बहादुर गुरुङ ५२ बर्षका पुर्ण नारायण श्रेष्ठ, ६५ बर्षीय सेते गुरुङ र ४६ बर्षका बल बहादुर गुरुङ रहेका छन् ।
दुर्घटनामा ३७ जना घाइते भएका छन् । दुर्घटनामा गम्भिर घाइते भएका १५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी बिक्रम बिकले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पुयाईएका घाइतेहरुमा ४२ बर्षीय पुर्ण बहादुर मल्ल, ३२ बर्षीय सुर्य बहादुर घले तामाङ, २४ बर्षीय दिनेश गुरुङ, ४२ बर्षीय कमल बहादुर मल्ल, ३७ बर्षीय नबिन राई, २० बर्षीय सुमन राना मगर, ४८ बर्षीय धन बहादुर मल्ल, ४६ बर्षीय निर बहादुर गुरुङ, ३० बर्षीय नारायण श्रेष्ठ र पदम बहादुर गुरुङ रहेका छन् । थप ४ जनाको भने नाम खुल्न बाँकी रहेको छ । उनिहरुलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
ढोला मण्डलीको दर्शन गरेर फर्कँदा ट्रकमा ४६ जना यात्रु रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ट्रक सडकमै पल्टिएको हो । दुर्घटनाका ८ जना घाइतेहरु जिल्ला अस्पताल धादिङबाट सामान्य उपचार पश्चात घर फर्किएको सुचना अधिकारी बिक्रम बिकले जानकारी दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्