काठमाडौं । जीम सेन्टरमा साउना (तातो पानीको वाफ लिने कोठा) मा निसास्सिएर पूर्व मन्त्री तथा नेकपा नेतृ थममाया थापाका स्वकीय सचिव दम्पत्तिको मृत्यु भएको छ ।
गएराती ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्र कुमारी पुनको निधन भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
गर्वुजामगर थममाया थापामन्त्री हुदा स्वकीय सचिव थिए । उनीहरु सो जीम सेन्टरमा नियमित जाने गरेको बताइएको छ ।
जीम सकेर तातोपानीको वाफ लिन कोठामा छिरेका उनीहरुको अक्सिजन अभावका कारण अस्पताल नपुर्याउँदै मृत्यु भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्