काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले सरुवा भएको २ हप्ता पछि चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन्।
एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । । एसपी मल्ल आजै चितवनबाट काठमाडौं आउँदै छन्।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो भने मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको थियो ।
जिल्लाबाट सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्