काठमाण्डौँ । प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले चितवन प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ।
बुधबार प्रदेश प्रहरी कार्यालयले सरूवा भएरपनि चितवन नछाडेका एसपी मल्ललाई कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो।
१२ घण्टाभित्र रमना लिएर एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन प्रहरी उपरीक्षक अरूण पौडेलले पत्राचार गरेर निर्देशन दिएका हुन्।
मल्लसहित २४ जना एसपीको सरूवा पुस ४ गते भए पनि मल्लले चितवन छाडेका थिएनन्। उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको थियो।
सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्। मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो। मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड हुन्।
आफ्नो प्रतिकृया दिनुहोस्