काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार चीन पठाइएको छ ।
चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन लगिएको हो ।
नेपालको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।
त्यसमा एक हजार रुपैयाँ धरौटी तिरेर छुटेका उनीहरुलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो । ती सबै १ सय २२ जनालाई आफ्नो देश लैजान चीनले नै दुईवटा विमान पठाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्