• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, माघ २८, २०८२
Tue, February 10, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    ४४ जिल्लाका मतपत्र छापेर सकियो

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

    तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

    तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    बंगलादेशी नागरिक बन्धक बनाउने सात जना पक्राउ

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन फागुन २१ः दल र उम्मेदवारले २५ हजारभन्दा बढी सहयोग लिन नपाइने !

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    ललितपुरमा पेस्तोलसहित ३ जना पक्राउ

    डिआईजी भट्टलाई सशस्त्र प्रवक्ताको जिम्मेवारी

    डिआईजी भट्टलाई सशस्त्र प्रवक्ताको जिम्मेवारी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in पत्रपत्रिका, समाचार
      0
      जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् ।

      अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ।

      छाउगोठ भत्काउन निर्णय गर्ने अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाकी सदस्य यशोदा बोहरा आफैं भने छाउगोठमा वडा नम्बर ६ बाट सुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ । गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर तिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ ।

      टोलका ६ परिवारका महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन् । नयाँ पत्रिका टिम पुग्दा यशोदा त्यही गोठमा भेटिइन् । ‘घरको आँगनमा समेत पाइला राख्न मिल्दैन । हामी त चेतनशील छौँ, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौँ,’ उनले भनिन् ।

      टोलमै उनकी नन्द नाता पर्ने किशोरी पनि अहिले छाउगोठमा छिन् । मुस्किलले छिर्न मिल्ने ढोका, राम्ररी खुट्टासमेत तन्काउन नमिल्ने कोठामा दुईजना सुत्छन् ।

      वर्षामा छाउगोठ चुहिने र ढोकाबाट भित्र पानी पस्ने मात्र होइन, सर्पको समेत डर हुन्छ । तर, सामाजिक कुसंस्कारका कारण महिलाहरू छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको यशोदाले बताइन् ।

      ‘छाउ भएका वेला घरभित्र बस्दा देउता रिसाउने मान्यता छ । त्यसैले सासू–ससुराले भित्र बस्न दिन मान्नुहुन्न,’ यशोदाले भनिन्, ‘दुःख सहेरै भए पनि गोठभित्र बस्नुपर्छ ।’ साँघुरो घरमा छुट्टै कोठा नभएकाले महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने अर्को बाध्यता रहेको उनले बताइन् ।

      बान्नीगढी–जयगढ गाउँपालिका–५, स्थित आदर्श आधारभूत विद्यालयमा १२ वर्षदेखि पढाउँदै आएकी मिठु बोहराको घरनजिकै छाउगोठ छ । उनी महिनावारी हुँदा कहिल्यै घरभित्र पस्नसमेत पाएकी छैनन् ।

      छाउपडीजस्ता सामाजिक कुसंस्कारविरुद्ध शिक्षा दिनुपर्ने उनी आफैँ महिनावारी हुँदा छाउगोठमा बस्छिन् । ‘भित्रै बस्न पाउनुपर्ने हो, तर परिवार र समाजले अवरोध गर्छ,’ बोहराले भनिन्, ‘समाजका सबै महिला छाउगोठमै बस्छन्, म मात्रै भित्र बस्दा समाजले के भन्ला भन्ने डर लाग्छ ।’

      छाउ हुँदा छुट्टै बस्नु कुसंस्कार हो भन्ने बुझेका र यस्ता कुसंस्कार हटाउने अभियानमा लाग्नुपर्ने अधिकांश महिला नै छाउगोठबाट बाहिर निस्कन सकेका छैनन् । अझ, स्वास्थ्य स्वयंसेविकाहरू नै छाउगोठमा बस्छन् ।

      वडा नं। ४ को स्वास्थ्य चौकी इन्चार्ज चन्दकला जैशी भन्छिन्, ‘हाम्रो वडामा १० जना महिला स्वास्थ्य स्वयंसेविका छन्, तीमध्ये नौजना छाउगोठमा बस्छन् ।’ स्वास्थ्य स्वयंसेविका कोही पनि छाउगोठमा नबस्ने र अरूलाई पनि नबस्न सचेत गराउने अभियानअन्तर्गत औपचारिक छलफल सुरु भएको उनले बताइन् ।

      जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका आफैँले छाउप्रथा मान्दा यो कुसंस्कारविरुद्धको अभियानमा चुनौती रहेको अगुवा महिला बताउँछन् ।

      ‘कुसंस्कारविरुद्ध लड्न नसक्दा कतिपय महिला जनप्रतिनिधि, शिक्षिका आफैँ छाउगोठमा बसिरहेका छन्,’ छाउपडी अन्त्यको अभियानमा सक्रिय पशुपति कुँवर भन्छिन्, ‘अब उहाँहरू नै अघि आउनुपर्छ । छाउपडी कुसंस्कार हो भनेर बुझेकाहरू नै गोठमा बस्दा चेतनाको कमी भएकालाई के भनेर बुझाउने ?’

      तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढा जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका छाउगोठबाट बाहिर आउन सके मात्रै छाउपडी प्रथा अन्त्य गर्न सजिलो हुने बताउँछिन् । ‘जसले समाजको नेतृत्व गर्छ, उही मान्छे छाउगोठमा बसेसम्म यो प्रथा हटाउन असम्भव छ,’ उनी भन्छिन्, ‘स्थानीय तहहरूले सबैभन्दा पहिले सरकारका प्रतिनिधिलाई छाउगोठमा बस्न नदिने र बसेको पाइए कारबाही गर्नुपर्छ ।’

      छाउ भएका शिक्षिकालाई विद्यालय जानसमेत अवरोध छ । तुर्माखाँद–८ को सरस्वती प्राविकी शिक्षिका जमुना रावल पहिले–पहिले छाउ भएका वेला पनि विद्यालय जान्थिन् । ‘म सुरुसुरुमा महिनावारी भएका वेला विद्यालय पनि गएको हो ।

      तर, विद्यालयनजिकै देउताको मन्दिर भएकाले त्यहाँ जान मिल्दैन भनेर विरोध भयो । त्यसैले अहिले महिनावारी भएका वेला म बिदा लिएर बस्छु,’ उनले भनिन्, ‘हाम्रो गाउँमा छाउ नबार्ने एकजना वडा सदस्य थिइन् ।

      उनले सुरुमा महिनावारी बारिनन् । त्यसपछि कसको छोरी हो रु कहाँबाट ल्याएको हो ? भैँसी पाल्ने गोठमा बस्दिनँ भन्ने राजाको छोरी हो कि भनेर उनलाई समाजले बहिष्कार गरे ।’ यसरी समाजकै डरले चेतनशील महिलाहरू पनि छाउगोठमा बस्न बाध्य छन् ।

      अछाम मात्र होइन, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीवरिपरि नै छाउगोठ छ । कैलालीको गोदावरी–१२ का वडा सदस्य बाली साउदको घरमै छाउगोठ छ । उनका छोरी र बुहारी महिनावारी हुँदा अहिले पनि छाउगोठमै बस्छन् ।

      अरू सबैले छाउगोठ भत्काए मात्र आफूले पनि भत्काउने बालीकी श्रीमती रम्बाको भनाइ छ । तर पनि महिनावारी भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र पस्न नदिने उनले स्पष्ट पारिन् ।

      ‘सबैतिर भत्काए हाम्रो छाउगोठ पनि भत्काउने कुरा भएको छ । तर, छाउ भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र बस्न दिन मिल्दैन,’ रम्बाले भनिन्, ‘श्रीमान् जनप्रतिनिधि मात्र होइन, धामी पनि हुनुहुन्छ । महिनावारी भएको महिला घरभित्र छिरे उहाँ काम्नुहुन्छ ।’

      बान्नीगढी–जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्का भन्छन्–जनप्रतिनिधि, शिक्षक, स्वयंसेविका जो भए पनि छाउगोठमा बसेको पाइए कारबाही गर्छौँ

      गाउँपालिकाले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । माघ पहिलो साताबाट सबै वडामा अभियानलाई तीव्र रूपमा अघि बढाउँदै छौँ । छाउगोठ भत्काएर भित्र बस्दा देवीदेउता रिसाउँछन् भनेर स्थानीय बासिन्दा डराएका छन् । तैपनि यो कुसंस्कारविरुद्ध हाम्रो अभियान जारी छ । माघभित्र गाउँपालिकामा रहेका सबै छाउगोठ भत्काइसक्छौँ । हो, अहिले पनि जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य स्वयंसेविका पनि अझै छाउगोठमा बस्छन् । जनप्रतिनिधि, स्वयंसेविका जो भए पनि छाउगोठमा बसेको पाइए कारबाही गर्छौँ ।

      हामीलाई छाउगोठ भत्काउन खास गाह्रो भएन । तर, स्थानीय बासिन्दा भने दुःखी छन् । उनीहरूलाई देवीदेउताको डर छ । कतै केही होला कि भन्ने अझै भय छ । तर, छाउगोठ भत्काएपछि फेरि बनाएर बस्न मिल्दैन भनेका छौँ । छाउगोठ भत्काउने मात्र होइन, यो महिलामाथिको अत्याचार हो भनेर सामाजिक सचेतना अभियान पनि सञ्चालन गर्ने तयारीमा छौँ । पहिला हामी सम्झाउँछौँ, अब छाउगोठमा बसे सरकारी सुविधाबाट वञ्चित गर्ने, पक्राउ गरेर कारबाही पनि गर्छौँ । मंगबारको नयाँपत्रिकाबाट

      नयाँ समाचार

      पाकिस्तानका पुर्वराष्ट्रपति मुशर्रफलाई दिइएको मृत्युदण्डको सजाय रद्द

      अर्को समाचार

      भताभुङ्ग संगठनलाई प्रभावकारी आकार दिने आईजी खनालका यस्ता करामत

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      ३ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      ताप्लेजुङमा भूकम्पको धक्का महसुस

      ३ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      ४४ जिल्लाका मतपत्र छापेर सकियो

      ३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

      १६ घण्टा अगाडि
      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      तेस्रो पटक थपियो उच्चस्तरीय जाँचबुझ आयोगको म्याद

      १६ घण्टा अगाडि
      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

      ५ दिन अगाडि
      अर्को समाचार
      गुटवन्दीको अन्त्य गर्दै प्रहरी संगठनलाई उचाइमा पुर्याउने आईजीपी खनाल

      भताभुङ्ग संगठनलाई प्रभावकारी आकार दिने आईजी खनालका यस्ता करामत

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      कारागारभित्रै पेस्तोल र २ थान गोली बरामद, ‘नाइके’सहित १३ जना नियन्त्रणमा

      ३ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      ताप्लेजुङमा भूकम्पको धक्का महसुस

      ३ घण्टा अगाडि
      आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

      ४४ जिल्लाका मतपत्र छापेर सकियो

      ३ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      अवैध गोदाममा छापा मार्दा सशस्त्रमाथि व्यापारीहरूले गरे आक्रमण, ३ जना घाइते

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi