एजेन्सी । पूर्वोत्तर भारतीय राज्य आसाममा गणतन्त्र दिवसकै दिन आइतबार बिहानचार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् ।
पूर्वोत्तर भारतीय राज्यको डिबु्रगढ र चराइदेओ जिल्ला विष्फोट भएको स्रोतले जानकारी दिएका छन् । डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन् । अर्को बिस्फोट डुलियाजानमा भएको थियो ।
चराइदेओ जिल्लाको टिओक घाट नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ । राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ । उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्