काठमाडौं । अनुमति नलिई सडकमा ओर्लिएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा अष्ट्रेलियाको सिड्नीमा ‘भिजिट नेपाल २०२०’ को प्रचार गर्न आयाजित र्यालीलाई सिड्नी प्रहरीले रोक लगाएको छ ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दहालसहित पर्यटन मन्त्री भट्टराई त्यही न्यू साउथ वेल्सको राजधानी सिड्नीको सडकमा ओर्लिएका थिए । सिड्नी प्रहरीले विभिन्न कारण देखाउँदै र्याली सुरु हुनु अगावै आयोजना गर्ने अनुमती दिएको थिएन । अनुमती बिना ठूलो संख्यामा सडकमा र्याली गरेपछि सिड्नी प्रहरीले रोक लगाएको हो ।
अष्ट्रेलियाका सडकमा सरकारी निर्णयप्रति चित्त नबुझेको अवस्थामा र्याली गर्न पाइएपनि प्रचारप्रसार र व्यावसायिक लाभका लागि र्याली र प्रदशर्न गर्न नपाउने नियम छ । मन्त्री र राजदुतसहितको सो र्यालीले नेपालको व्यावसायीक हितमा रहेको पर्यटन वर्षको प्रचारप्रसार गर्ने भएकाले न्यू साउथ वेल्स राज्यले अनुमती नदिएको हो ।
र्यालीमा धेरैजना सहभागी हुने भएकाले उनीहरुले पुरै सडक ओगटेर फुटपाथमा हिँड्ने बटुवाहरुको आवागमनमा पनि असर पार्ने भन्दै र्यालीको अनुमती नदिएको हो । तर, मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका भट्टराईले बिना अनुमती सडकमा र्यालीको अगुवाई गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्