बुटबल । प्रदेश ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ।
एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो। छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।
१९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए। उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए। पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन्।
आफ्नो प्रतिकृया दिनुहोस्