काठमाडौं । बग्दादमा अर्को हवाई आक्रमण भएको छ । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएका छन् । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि बग्दादमा हमला भएको हो ।
समाचार संस्था अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेको छ । त्यहाँ रहेका ३ सवारीसाधनमध्ये २ जलेको बताइएको छ ।
इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो ।
इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा अर्को आक्रमण भएको हो । दोस्रो आक्रमणबारे भने अमेरिकाले अहिललेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
आफ्नो प्रतिकृया दिनुहोस्