दाङ । घोराही उपमहानगरपालिकाबाट बुधबार धम्काएर फिरौती रकम माग्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला राङकोट गाउपालिका बस्ने ३४ वर्षीय राजकुमार दमाई र राल्पा रुन्टिगढि गाउपालिका-४ मसिना बस्ने ३२ वर्षीय नरेश चन्द ठाकुरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएका छन् ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १५ बि पी चोक बस्ने ४८ वर्षीय परिवर्तित नाम (क)लाई विगत १ हप्ता पहिले देखि नै धम्काई रु तिन लाख फिरौती मागेको थियो ।
बुधबार साझ ५ बजे पिडितले तिन लाख दिन्छु भनी नक्कली पैसाको गड्डी फिरौती वापत दिदैँ गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले दमाईलाई पक्राउ गरेको हो । दमाईको साथबाट १ थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार दमाइलाई रोल्पा रून्टिगढी गाउँपालिका वडा नं। ४ मसिना बस्ने ३२ वर्षीय नरेश चन्द ठकुरीले फिरौती रकम लिन पठाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछी ठकुरीलाई तत्काल पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्