पर्सा । जिल्ला अदालत पर्साको २०७२ साल माग १८ गतेको फैसलाले ६ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकिएको जवरजस्ती करणी मुद्धामा फरार रहेका छिपहरमाई गाँउपालिका ५ बस्ने ४५ वर्षीय दिनेश प्रसाद साह कानुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति गत सनिवार गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत पर्सामा पठाइएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्