बारा । २४ वर्ष देखि फरार जबरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी पचरौता नगरपालिका-९ बस्ने रामबाबु भन्ने ४४ वर्षीय बीर बिक्रम मुखिया बिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराको २०५४ जेठ ३० गतेको फैसलाले जवरजस्ती चोरी मुद्दामा १ वर्ष ७ महिना १५ दिन कैद ठहर भई फरार रहेका बिनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाइएको उक्त प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्