पर्सा । जिल्ला अदालत पर्साको २०७४ भदौ २३ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका जगरनाथपुर गाउँपालिका-६ बस्ने २८ वर्षीय सुजित यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्