काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपाले १० लाख मुल्य बराबरका अवैध मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सेनाका अनुसार पक्राउ पर्नेमा बनेपा बसपार्कमा ब्रदर्स मोबाइल पसलका सञ्चालक सुनील खनाल र सुदीप खनाल छन् । उनीहरूको साथबाट भन्सार छलेर ल्याईएका विभिन्न कम्पनीका ३० मोबाइल बारामद भएको छ।
प्रहरी निरीक्षक तिमल्सेनाका अनुसार पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्