काठमाण्डौ । आफ्नो ७१ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस प्रदान गरेको छ ।
भारतीय दूतावासमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको दुतावासले जनाएको छ ।
कार्यबाहक राजदूत डा। अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गुरे। कार्यवाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
नेपालको आर्थिक विकासको यात्रामा भारतले हातेमालो गर्ने प्रतिबद्धता गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामूलक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ ।
दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि भएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्