काठमाडौं । सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन नगर्न र निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ ।
काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सापकोटा १२ माघमा सभामुखमा निर्विरोध निर्वाचित हुँदै छन् । नेकपाभित्र ‘अग्नि’वाणका बाछिटा उनीविरुद्द कुनै दलले पनि उम्मेदवार खडा नगरेपछि १२ माघमा बस्ने प्रतिनिधिसभा बैठकले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्दै छ ।
निर्वाचित हुनुअघि दायर रिटमा सापकोटालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन र अनुसन्धानका लागि स्पेसल टास्कफोर्स गठन गर्ने तथा सापकोटामाथि कारबाही प्रक्रिया अगाडि नबढाउनेमाथि कारबाही गर्नसमेत निवेदकले माग गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्