काठमाडौं । अवकाश प्राप्त भूपू सैनिकलाई विभिन्न बहाना बनाई प्रलोभन देखाई आखाँमा खुर्सानीको धुलो हालेर ५० लाख लुटपाट गर्ने ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला दाङ पुरन्धारा गाँउपालिका वडा नं ९ खेप्ताङ घर भई हाल काठमाडौं मित्रनगर बस्दै आएका ३८ वर्षीय बेद बहादुर भनिने भिम बहादुर घर्तिमगर, जिल्ला नुवाकोट दुप्चेश्वर गाँउपालिका वडा नं ६ कटजुन घर भई हाल काठमाडौं कार्भेस्थली बस्दै आएका ३० वर्षीय नकुर तामाङ, जिल्ला रसुवा आमाछोदिङमो गाँउपालिका वडा नं ५ गोलजुङ घर भई हाल काठमाडौं तार्केश्वरी बस्दै आएका ३८ वर्षीय दावा छिरिङ तामाङ,
जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं ९ पुरानागाँउ घर भई हाल काठमाडौं बाईपास बस्दै आएका ३६ वर्षीय कुमार बहादुर बुढाथोकी, जिल्ला रसुवा उत्तरगया गाउँपालिका वडा नं २ खड्कु घर भई हाल काठमाडौं कार्भेस्थली बस्दै आएका ३६ वर्षीय तेन्जिङ बहादुर तामाङ र जिल्ला रसुवा उत्तरगया गाउँपालिका वडा नं २ खड्कु घर भई हाल काठमाडौं गंगबु बस्ने २८ वर्षीय संजिव वाईवा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार शान्तीधाम मन्दिर जाने कच्ची सडक बाटोमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल काठमाण्डौं भगवानपाँउ बस्ने ६३ वर्षीय बच्चुराम गुरुङलाई भिम बहादुर घर्तीमगरले बिभिन्न बहाना बनाई प्रलोभन देखाई नगद ५० लाख माग गरेका थिए ।
पिडितलाई डर धाक धम्की दिई धारिलो हतियार खुकुरी, फलामको लठ्ठी समेत देखाई पिडितको आखामा खुर्सानीको धुलो हालेर ५० लाख जवरजस्ती लुटपाट गरी फरार रहेको मानिसहरुको खोजी गर्ने क्रममा उपत्यकाको बिभिन्न स्थानबाट घटनामा संलग्न रहेका ६ जनालाई गरी लगेका नगद तथा सामानहरु सहित पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्