मकवानपुर । रौतहटको डुमरिया स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्सबाट ३० किलो ६ सय ग्राम अवैध लागू औषध गाँजा, नेपाली रूपैयाँ ९१ हजार र भारु २ हजार २ सय रुपैया सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट डुमरीया नगरपकलिका वडा नंम्बर ९ बस्ने ३९ वर्षिय एम्बुलेन्स चालक महमद खलिद, उक्त एम्बुलेन्समा सवार रौतहट डुमरीया नगरपालिका वडा नंम्बर ४ बस्ने १९ वर्षिय अशोक कुमार र भारतको बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ वर्षिय बिनोद सहनी रहका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नं। १९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको टोलिले अवैध गाजाँ र नगद बरामद गरेको हो ।

डुमरिया स्वास्थ्य चौकीको बा.२ झ १७४९ नं। को सरकारी एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा ३ वटा झोला भित्र अवैध रुपमा ल्याउदै गरेको ३० किलो ६ सय ग्राम लागू औषध गाँजा र नगद।फेला परेको ईलाका प्रहरी कार्यालय नेवारपानिले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्