काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक चार वर्षसम्म नेपाल आउन नपाउने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले उनीहरूलाई चार वर्ष नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
पक्राउपछि अनुसन्धान गर्दा ती चिनियाँ नागरिक गैरकानुनी गतिविधिमा संलग्न देखिएको, पर्यटक भिसा दुरुपयोग गरेको र राहदानी विनै बसेको पाइएपछि चार वर्षका लागि प्रतिबन्ध लगाइएको विभाग स्रोतले जनाएको छ ।
पक्राउ परेकामध्ये ३१ जनाको मात्रै राहदानी फेला परेको बताइएको छ । प्रतिबन्धसहित ८८ जनालाई प्रतिव्यक्ति १ हजार र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिमाना पनि तिराइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्