एजेन्सी । न्युयोर्कमा मंगलबार बिहान ट्रकको ठक्करबाट घाइते भएका १० वर्षीय बालक श्रीजल पन्थीको उपचारका क्रममा मृत्यु भएको छ । पन्थी मंगलबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
छोरालाई विद्यालय पुर्याउन गएकी उनकी आमा मिना पन्थी पनि घाइते भएकी छन् । उनको खुट्टामा गहिरो चोट लागेको बताइएको छ । घाइतेलाई तत्कालै नजिकैको अस्पताल पुर्याइएको थियो । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय समाजसेवी पुरुषोत्तम पन्थीकी श्रीमती मिनाको स्थानीय एल्मष्ट अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टाको शल्यक्रिया गरिएको र अवस्था सुधारोन्मुख रहेको पारिवारिक श्रोतले जनाएको छ। नेपालमा बुटवल घर भएका पन्थी परिवार न्यूयोर्कको कुइन्सस्थित लेफ्राकसिटी भवनमा बस्दै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्