काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी माघ ९ हुने गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ।
पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ।
रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो।
‘बाँकी २ जना उम्मेदवारको नाम पनि टुंगो लागेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक हुन्छ,’ उनले भने। आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ।
यी हुन् कांग्रेस उम्मेदवारस्
प्रदेश नम्बर १स्
पाँचथरका निरबहादुर विश्वकर्मा ९दलिततर्फ०
सुनसरीकी मीना पुलामी मगर ९महिला०
झापाका राजेन्द्र घिमिरे ९अन्य०
प्रदेश नम्बर २स्
महोत्तरीकी नगिना यादव ९महिला०
धनुषाका भोला पन्जियार ९अल्पसंख्यरअपांगता०
प्रदेश नम्बर ३स्
सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ ९अन्य०
चितवनकी छलीकुमारी शर्मा उपाध्याय ९महिला०
गण्डकी प्रदेश
स्याङ्जाका सूर्यप्रसाद रेग्मी ९अन्य०
म्याग्दीकी विमला गौचन ९महिला०
प्रदेश नम्बर ५
अर्घाखाँचीका बालकृष्ण पाण्डे ९अन्य०
दाङकी गिरिजा न्यौपाने ९महिला०
बाँकेकी मेराज हलवाई ९अल्पसंख्यकरअपाङ्गता०
कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी
सुदुरपश्चिम प्रदेश
बैतडीका प्रताप ठगुन्ना ९अन्य०
कैलालीकी तुलसी देवकोटा ९महिला०
आफ्नो प्रतिकृया दिनुहोस्