काठमाण्डौ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतिय समानहरू सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही ९ गते २०स्३० बजे काठमाण्डौ महानगरपालिका-२५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षिय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी गर्दा २ वटा कोठाबाट प्रहरीले नगद १५ लाख ७७ हजार, को ५ लाख ७३ हजारको चेक बरामद गरेको छ । यसै गरी I-PAD २३ थान, I-Phone11- १८ थान, Apple Watch ९ थान, Wireless earphone ६ थान, Apple pencil १ थान, Magic mouse १ थान, Samsung mobile १५ थान, Camera lens १ थान समेत बरामद गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्