धादिङ । बेनिघाट रोराङ गाउँपालिका-७ चरौदीस्थित कृषि सहकारी संस्था लिमिटेडबाट गत मंसिर ६ गते भएको चोरीको घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-३ लोथर घर भएका रोराङ गाउँपालिका बस्ने निरज चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार उक्त सहकारी संस्थाबाट नगद ८९ हजार ७ सय ५ रुपैयाँ चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले चेपाङलाई बेनिघाट रोराङ गाउँपालिका-५ बेनिघाटबाट नगद ३६ हजार ७ सय ४० रुपैयाँ सहित फेला पारेको हो ।
यस अघि पनि चेपाङले बेनिघाट रोराङ गाउँपालिका-५ स्थित देव विकास बैंकको ढोकाको ताल्चा फुटाई चोरीको प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्