काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६ सालको एसईईको नियमित परीक्षा आगामी चैत ६ गतेदेखि शुरु हुने छ ।
पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान र पाचौं दिन अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
विस्तृत विवरणका लागि तलको परीक्षा तालिका हेर्नुहोस्:-

आफ्नो प्रतिकृया दिनुहोस्