काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले अहिले श्रीलंकासँग खेलिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको छ । खेलको सुरुवातमा केहि सुस्त देखिएको नेपालले त्यसपछि आफ्नो गतिलाई बढाउदै दुई वटा सुन्दर मौका पाएको थियो ।
खेलको ३३ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पाएको थियो । अनन्त तामाङलाई श्रीलंकन खेलाडीले फल गरेपनि पाएको पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरे । उनको जारी प्रतियोगितामा तेस्रो गोल हो । उनले भुटान विरुद्ध दुई गोल गरेका थिए ।
४२ औं मिनेटमा नेपालले अर्को मौका पाएको थियो । नेपालका मिक्चेनले गोलकिपर विट गरेर प्रहार गरेको बललाई श्रीलंकाका खेलाडीले बचाए ।
आफ्नो प्रतिकृया दिनुहोस्