काठमाडौं । १३ औँ साग अन्तर्गतको फुटबलखेलमा नेपालले बङगलादेशलाई १-० को अन्तरले पराजित गरेको छ ।
खेलको दशऔँ मिनेटमा नेपालका स्ट्राईकर सुजल बमको गोलले नेपाललाई विजयी बनाएको हो ।
नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद सागमा लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता नेपालले बंगलादेशलाई एक शुन्यले हराउँदै फाइनलमा स्थान बनायो । अब नेपालले उपाधिका लागि भुटानसँग खेल्नेछ ।
दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे । खेलको सुरुवातमा नै गोल गरेको नेपालले १६ औं मिनेटमा अर्को मौका पाएको थियो । तर त्यसमा बंगलादेशको गोलकिपर बाधक बने ।
२५ औं मिनेटमा नेपालले अर्को मौका पाएको थियो । नेपालका कप्तान सुजल श्रेष्ठले निकै राम्रो मौका पाएपछि फिनिस गर्न सकेनन् । त्यसपछि बंगलादेशले नेपालको पोष्टमा दुई वटा प्रहार गरेको थियो । तर दुबै अवसरमा नेपाली गोलकिपर विकेश कुथु बाधक बने ।
त्यसपछि पनि आक्रामक फुटबल खेलेका दुबै टिमले थप गोल गर्न सकेनन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि सुरुवातमा नै केहि मौका पाएको थियो । जसमा ५७ औं मिनेटमा सुनील बलको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसपछि तेज तामाङले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
आफ्नो प्रतिकृया दिनुहोस्