काठमाडौं । न्यायपरिषदका सदस्य पदम प्रसाद वैदिकले एक वर्ष कार्यकाल बाँकी रहँदै बुधबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।
वैदिकले २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्यमा वैदिक नियुक्ति भएका थिए । सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले परिषद सदस्यबाट राजीनामा दिएको स्रोतले जनाएको छ । यही मंसिर ४ गते न्यायाधीश केदार चालिसेले अवकास पाएका थिए । उनको अवकाससँगै सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बस्ने अबको परिषद बैठकले पदम प्रसादलाइ सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ । न्यायपरिषद सदस्य नै न्यायाधीश भएर जाने परम्पराले न्यायपरिषद प्रभावकारी हुन नसक्ने भन्दै न्यायक्षेत्रका कतिपय विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्