काठमाडौं । आफुलाई “कन्सल्टेन्सीको संचालक हो भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा धादिङ कटुन्जे गा।वि।स। वडा नं।-९ घर भई हाल ललितपुर ४२ वर्षीय सुमन भन्ने मान बहादुर गुरुङ रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रेहाना एजुकेसन कन्सल्टेन्सीको संचालक भन्दै रु १०,५०,०००।- (दश लाख पचास हजार) ठगी गरेको जिल्ला म्याग्दी मालिका गाँउपालिका वडा नं।-५ घर भई हाल काठमाडौं सामाखुशी बस्ने ५० वर्षीय हुमलाल गुरुङ समेतका व्यक्तिहरुले महानगरीय अपराध महाशाखामा जाहेरी दरखास्त दिएको थियो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गत मंगलबार दिउँसो अन्दाजि चार बजेको समयमा जिल्ला काठमाण्डौ डिल्लीबजारबाट निज सुमन भन्ने मान बहादुर गुरुङलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्