काठमाडौं ।प्रदेश ३ को नाम वागमती र राजधानी हेटौँडा राख्ने सहमति नेकपा सचिवालय बैठकमा जुटेको छ ।
आज बिहान बसेको सचिवालय बैठकमा नेताहरूबीच नाम र राजधानीमा सैद्धान्तिक सहमति जुटाएको सचिवालयका एक सदस्यले बताए ।
उनका अनुसार बैठकले लिखित निर्णय भने गरेको छैन । बैठकले प्रदेश ३ कमिटी र पार्टीको प्रदेशसभा दल सचिवालयको निर्णयअनुसार अघि बढ्न भनेको हो । दलहरूबीच सहमति नजुट्दा दुई वर्षदेखि प्रदेशले नाम र राजधानी तय गर्न सकेको छैन ।
मुख्यमन्त्री हेटौँडालाई नै राजधानी बनाउने अभियानमा छन् भने काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरू भने काठमाडौं या काभ्रेका पक्षमा उभिँदै आएका छन् । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ ।
आफ्नो प्रतिकृया दिनुहोस्