मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मोरङ प्रहरीबाट खटिएका सिआरबिका असई श्याम कुमार दाहाललाई ७ हजार घुससहित विराटनगरस्थित घाँस चोकबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विराटनगरस्थित गुद्रि बजारमा भारतबाट आयत भएको तरकारी ल्याउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घुस लिएको हो ।
असाइ दाहाललाई घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार रंगेहात पक्राउ गरेको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्