काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको उपचारपछि डिस्चार्ज हुने भएका छन् ।
स्वास्थ्य अवस्था अपेक्षा अनुरुप सुधार भइरहेकोले बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गरिने प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताए ।
बिहीबार बिहान चिकित्सकहरुको बैठकले प्रधानमन्त्रीको स्वास्थ्य अहिले जस्तै सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिने बताएका हुन ।
प्रधानमन्त्रीको गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्