पर्सा । नक्कली घ्यू उत्पादन तथा बिक्री बितरण गरेको अभियोगमा बीरगंज महानगरपालिका-१५ लक्ष्मणवा ब्रहमचोकबाट आइतबार दिउँसो ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय अनिल श्रेष्ठ, ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहार मोतिहारी बस्ने २५ वर्षीय राम विलास यादव रहेका छन् ।

सोही ठाउमा बस्ने अनिल श्रेष्ठले संचालन गरेको सिद्धिबिनायक पुजा सामाग्री प्रोडक्टस उधोगमा रसायन मिसावट गरी पुजा, दुर्गा र गोकुल शुद्द नामक घ्युको स्टिकर लगाई नक्कली घ्यु उत्पादन तथा बिक्री बितरण गरी रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिशेष प्रहरीको टोलीले उक्त स्थानबाट पुजा, दुर्गा र गोकुल नाम गरेको व्राण्डको ५२ कार्टुन घ्यू , २९ कार्टुन डाल्टा घ्यु बरामद गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्