काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको छ ।
आवश्यक रुख काट्नेसहितका काम अगाडि नबढाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थलका अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै काम रोक्न अन्तरिम आदेश दिएको हो । विमानस्थलले वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै पूर्वप्रशासक रञ्जुहजुर पाँडे, द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्रीलगायतले १७ मंसिरमा रिट दायर गरेको थियो ।
निजगढ विमानस्थलबारे सर्वोच्चमा अहिले दुई वटा रिट छ । आइतबारको इजलासले दुबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न र रुख काट्ने काम अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्